Shikhar Insurance
National Life

तीन महिनामा आर्थिक वृद्धिदर ३.२% मै सिमित, बैंक र बीमा क्षेत्र भने १३.२ प्रतिशतले बढ्ने

सिंहदरबार संवाददाता
२०८० पुष २७, शुक्रबार १२:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा मुलुकको अर्थतन्त्र जम्मा ३.२ प्रतिशतले मात्रै वृद्धि भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो तीन महिनामा मुलुकको अर्थतन्त्र गत आवको सोही अवधीको तुलनामा ३.२ प्रतिशतले मात्रै वृद्धि भएको हो ।

सरकारले चालु आर्थिक बर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । तर पहिलो त्रैमासिकको विवरणले भने सरकारको लक्ष्य पुरा नहुने स्पष्ट संकेत देखाईसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसपाली खानी क्षेत्रको वृद्धि १५.८ प्रतिशतले भएको छ । बैंक तथा बीमा क्षेत्रको वृद्धि १३.२ प्रतिशतले हुने प्रक्षेपण गरिएको छ । निक्षेप तथा कर्जामा वृद्धि, अन्तर बैंक ब्याजदरमा भएको परिवर्तन, बीमाको बढ्दो प्रीमियमका कारण यो क्षेत्रको वृद्धिदर सकारात्मक रहने बताईएको छ ।

आवास तथा भोजन क्षेत्रको वृद्धि ११.७ प्रतिशत हुने भनिएको छ । पर्यटन आगमनमा भैरहेको वृद्धिले आवास तथा भोजन क्षेत्रमा सकारात्मक प्रभाव पारेको तथ्यांक कार्यालयको विवरणमा उल्लेख छ ।

 

जीडीपीमा ठूलो योगदान रहने कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान १.४ प्रतिशतले बढ्ने देखिएको छ । धान उत्पादनमा भएको वृद्धिले कृषि क्षेत्रमा सकारात्मक प्रभाव पारेको हो । थोक था खुद्रा व्यापार क्षेत्र भने १.२ प्रतिशतले घट्ने देखिएको छ । मागमा आएको उच्च गिरावटले यो क्षेत्रमा नकारात्मक प्रभाव पारेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्