Shikhar Insurance
National Life

महिनामै एक खर्ब २२ अर्ब बढीले भित्रिन थाल्यो रेमिटेन्स, यस्तो छ देशको वर्तमान अर्थतन्त्र

सिंहदरबार संवाददाता
२०८० पुष २६, बिहीबार १७:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा प्रत्येक महिना एक खर्ब २२ अर्ब भन्दा बढीले रेमिटेन्स भित्रिन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पाँच महिनामा ६ खर्ब १३ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । साउन देखि मंसिर मसान्त अवधीमा नेपालमा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । यो रेमिटेन्स गत आर्थिक बर्षको पाँच महिनाको तुलनामा २७.६ प्रतिशतले बढी हो ।
राष्ट्र बैंकका अनुसार गत आवको मंसिर मसान्तसम्ममा रेमिटेन्स आउनेक्रम २३ प्रतिशतले बढेको थियो ।

यसपाली अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो । मंसिर मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५ सय ५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ जना रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ३६ हजार ७ सय ७९ र १ लाख १५ हजार ९ सय ४८ रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ । आयात ३.४ प्रतिशत, निर्यात ६.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले घटेकोछ । मुलुकको शोधनान्तर स्थिति रु.२१० अर्ब ५९ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.१७६७ अर्ब ४ करोड र अमेरिकी डलरमा १३ अर्ब ३१ करोड रहेको छ । नेपाल सरकारको खर्च रु.४५३ अर्ब र राजस्व परिचालन रु.३६३ अर्ब ४३ करोड रहेको छ ।

मंसिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.६ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.३ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.५ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्