काठमाडौँ । जलवायु परिवर्तनले किशोरीहरुको जीवनमा पारेको असरबारे अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।जलवायु परिवर्तनले किशोरीहरुमा पारेको असर सम्बन्धमा नेपालसहित अस्ट्रेलिया र इण्डोनेसियामा अध्ययन गरिएको प्रतिवेदन सार्वजनिक गरिएको हो । ३० जना अध्ययन कर्ता किशोरीहरुले अनुसन्धान गरी तयार पारिएको ‘फर आवर फ्युचर्सः युथ भ्वाइस अन क्लाइमेट जस्टिस एण्ड एजुकशेन’ लाई प्लान इन्टरनेसनले काठमाडौंमा सार्वजनिक गरेको हो । अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनले विकसित देशअस्ट्रेलिया किशोरीमा पारेको असर र विकासोन्मुख देश नेपाल र इण्डोनेसियाका किशोरीहरुमा पारेको असरलाई तुलना पनि गरिएको छ । तीन वटै मुलुकका १०/१० जना किशोरीहरु संलग्न रहेको अध्ययनमा सबै वर्ग तहसहित बढी जोखिमयुक्त क्षेत्रका १ सयर ५२ जना नेपाली किशोरीसहित ५ सय जना किशोर किशोरीलाई सहभागी गराइएको थियो ।
अध्ययनले जलवायु परिवर्तनका कारण किशोरीहरुको शिक्षा, स्वास्थ्य र खानपानमा असर परेको देखाएको छ । शिक्षामा परेको प्रभावले दीर्घकालिन रुपमा रोजगारीसँग जोडिएर भविष्यमा नै ठूलो प्रभाव पार्ने अध्ययनमा देखाइएको छ । रोजगारीकै समस्याका कारण पनि किशोरीहरुमा थप मानसिक समस्या निम्त्याउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । प्लान इन्टरनेशनल नेपालका क्याम्पेन प्रमुख लक्ष्मी चौधरीले पिछडिएका क्षेत्रमा अभिभावकहरुले जलवायुजन्य विपद्लाई बहाना बनाएर छोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्ने गरेको पाइएको बताए ।
अध्ययनमा सहभागी ९८ प्रतिशत किशोरीहरुले जलवायु परिवर्तनले आफूहरुको शिक्षामा बढी असर परेको बताएका छन् । यसैबीच, अध्ययनमा संलग्न किशोरीहरुले पेन्टिङको माध्यमबाट आफूहरुमा परेको असरबारे उजागर गरेका छन् । प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनीहरुले गरेको पेन्टिङलाई पनि प्रदर्शनीमा राखिएको थियो ।
अध्ययन कर्ता बाँकेकी रहिमान खानले जलवायु परिवर्तनका कारण किशोरीहरुमा परेको असरलाई पेन्टिङका माध्यमबाट देखाइएको बताए । उनले समाजमा छोरीलाई शिक्षाको अधिकारबाट वञ्चित गराउने प्रयास जारी रहेको बेलामा जलवायुजन्य विपद्ले अभिभावकलाई झनै विद्यालय नपठाउने बहाना मिलेको बताए ।
त्यस्तै अर्की अध्ययनकर्ता सुस्मिता यादवले जलवायु परिवर्तनका कारण निम्तने विशेष अध्ययनमा बाँके, बर्दिया, सिन्धुली, मकवानपुर, लगायतका किशोरीहरु सहभागी थिए । अध्ययन प्रतिवेदनले १० देखि २४ वर्षका किशोरीहरूको शिक्षामा जलवायु परिवर्तनको प्रभावलाई उजागर गरेको छ । युवा अनुसन्धानकर्ताहरूले जलवायु संकटबाट प्रभावित किशोर किशोरीको ९६ तस्बिर, ग्राफिक्स र भिडियो सङ्कलन गरेका छन् । तीमध्ये ५५ तस्बिर नेपालका छन् । ।
प्रतिक्रिया दिनुहोस्