Shikhar Insurance
National Life

३० करोड ६० लाखको आईपीओ जारी गर्न बन्दिपुर केबलकारले डाक्याे साधारण सभा

सिंहदरबार संवाददाता
२०८० पुष २६, बिहीबार ०७:४५
Hyundai
NCELL
NIMB

तनहुँ । पर्यटकीय ग्राम तनहुँको बन्दिपुरमा निर्माणधिन पर्यटन पुर्वधारयुक्त केबलकार परियोजनाको विकास गरिरहेको बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणहरुको लागि प्रथामिक शेयर निश्कासन गर्नको लागि आईपिओ गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।

यसको क्रममा कम्पनिले यहि पौष २८ गते शनिबार परियोजना प्राङ्गणमा नै बस्ने गरि साधारण सभा बोलाएको छ । सो साधारण सभामा नियमित एजेन्डा बाहेक विशेष प्रस्तावको रुपमा कम्पनीको आईपिओ निश्कसन गर्ने प्रस्तावलाई पारित गरि औपचारिक रुपमा अगाडी बढ्ने गरि तयारी गरेको कम्पनि सचिव रमनमान श्रेष्ठले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले १०० रुपैयाँ अंकित ३० लाख ६० हजार कित्ता सेयर रु ३० करोड ६० लाख रुपैयाँ बराबर हुने गरि प्रथामिक शेयर निश्काषन गर्नेछ । जुन २ अर्ब ५५ करोड चुक्ता पुजि रहेकाे कम्पनीको १२ % हाे । यस अन्तर्गत २ % स्थानियलाई र २ प्रतिशत वैदेशिक रोजगारीमा नेपाली ,म्युचुअल फण्ड ,कम्पनिका कर्मचारीहरु काे लागि छुटाईएकाे कम्पनीका सचिवले बताए ।

यस परियाेजनाकाे बिकासकाे कार्य ९० % सम्पन्न समेत भईसकेकाे अवस्था रहेकाे छ । यो परियोजना दक्षिण एसियामा नै मौलिक परियोजना भएको दाबि गरिएको छ। यस परियोजको लागत ३ अर्ब ५८ करोड रुपैयाँ रहेकोमा बैंक ऋण १ अर्ब ३ करोड रहेको कम्पनिका वित्तीय निर्देशक शिब प्रसाद शर्मा ले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्