स्वर्गद्वारी । प्युठानको प्युठान बसपार्क टिकुरीदेखि भारतको राजधानी नयाँदिल्लीसम्म आजदेखि नेपाल नेपाल–भारतमैत्री बस सेवा सुरु भएको छ ।
लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायातमन्त्री सरोज थापाले सेवाको एक कार्यक्रमका बीच उद्घाटन गरे । त्यस अवसरमा मन्त्री थापाले यातायात क्षेत्रको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए । मन्त्री थापाले भने, “नागरिकले गुनासो नगर्ने गरी सेवा प्रवाह गर्न बस सञ्चालक सचेत हुनुपर्छ ।’ उनले आफ्नो कार्यकालमा प्युठानमा यातायात कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
निजी क्षेत्रको स्वर्गद्वारी गौमुखी यातायात सेवाले दैनिक प्युठान–नयाँ दिल्ली बस सेवा सञ्चालन गरेको अध्यक्ष सुनील बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्