Skip to content
Shikhar Insurance
National Life

२० वर्ष पुराना सबै सवारीसाधन उपत्यकाबाट हटाउनुपर्छः अध्यक्ष मल्ल

Hyundai
NCELL
NIMB

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले २० वर्ष पुरानो सवारीसाधन उपत्यकाबाट हटाउनुपर्ने बताएका छन् । र काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अटो मोबाइललाई पनि राम्रो हुने र वातावरणमा पनि असर नहुने भएकाले २० वर्ष पुरानो सवारीसाधन सबै उपत्यकाबाट हटाउनुपर्ने बताएका हुन् । उनले १६ औं पञ्चवर्षीय योजनाले गरेको घोषणा आर्थिक नीतिले समेट्नुपर्ने र आर्थिक नीतिले घोषणा गरेको कुरा मौद्रिक नीतिले समेट्ने गरी काम गर्न सरकारलाई सुझाव दिए ।

उनले भने, ‘अहिले विशेष गरी अटो मोबाइललाई पनि हुने र हाम्रो वातावरण पनि असर नहुने यो २० वर्ष पुरानो गाडी सबै यो भ्यालीबाट हटाउनुपर्छ । कुनैकुनै त हामी जन्मिएको सालदेखिका पनि छन् । यसलाई अलि डेकोरेशन गरेर राख्न सक्नुपर्छ । हाम्रो मुलुकमा जुन तरलताको कुरा छ, अर्को वर्ष १६ औं पञ्चवर्षीय आउँदैछ । त्यो पञ्चवर्षीय योजनादेखि हामीले एउटा पञ्चवर्षीय योजनाले गरेको घोषणा आर्थिक नीतिले समेट्नुपर्ने, आर्थिक नीतिले घोषणा गरेको कुरा मौद्रिक नीतिले समेट्ने कुरा होस् । सरकारी सेवा आम जनताप्रधान गरेर टाइम बाउण्ड एक्शन प्लान गरेर सरकारले सेवा प्रदान गर्नुपर्छ । छक्याउने काम गर्नुभएन ।’

अध्यक्ष मल्लले सरकारी सेवा आम जनताप्रधान बनाउन पनि आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्