Skip to content
Shikhar Insurance
National Life

नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गरौँः अध्यक्ष नेपाल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गर्नुपर्ने बताएका छन् । बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गरेसँगै नेपालको इतिहासदेखि राजतन्त्रको अन्त्यसम्मका सामग्री र विषयवस्तु राख्नुपर्ने बताएका हुन् । उनले संग्रहालयमा रामापिथिकसदेखि शुरु गरेर नेपालमा शासन गर्ने शासकहरु गोपालवंशी, महिसपाल, सेन वंशी, मल्ल वंशी, राणा, शाह सबैको बारेमा अध्ययन सामग्री राख्नुपर्ने बताएका हुन् । २०६२/०६३ मा गएर राजतन्त्रको अन्त्य भइसकेको बेलासम्मका इतिहास झल्किने गरी बनाउनसके नेपालको इतिहास अध्ययन गर्नेहरुका लागि राम्रो हुने बताए ।

उनले भने, ‘हामीकहाँ जुन नारायणहिटी छ, त्यो नारायणहिटीलाई एउटा ग्राण्ड म्युजियम बनाऔँ । त्यो ग्राण्ड म्युजियम बनेको नेपालको जहिलेदेखि नेपाल देशको बारेमा नेपालको बारेमा अस्तित्वमा आयो, वा मानव जातीको अस्तित्व देखियो, त्यो रामापिथिकसदेखि शुरु गरेर जतिपनि नेपालमा शासन गर्ने शासकहरु छन्, गोपालवंशी, महिसपाल, सेन वंशी, मल्ल वंशी, राणा, शाह हुन्, सबै गरेर २०६२÷०६३ मा गएर राजतन्त्रको अन्त्य भइसकेको बेलासम्मका इतिहास झल्किने गरी हामीले बनायौँ भने पूरा दुई, तीन दिन अध्ययन गर्न सकिन्छ । संसारमा नेपालको इतिहास अध्ययन गर्नेहरुका लागि पनि एकै ठाउँमा उनीहरुले हेरेर ठूलाठूला थेसिस लेख्न र तयार गर्न सक्छन् । गणतन्त्र सम्बन्धी एउटा छुट्टै बेग्लै एउटा स्मारक बनाउनुपर्छ । एउटा छुट्टै म्युजियम बनाउनुपर्छ । लखन थापा मगरदेखि अहिलेसम्मका जतिपनि जनताको लडाईं, संघर्ष, त्याग, तपस्या बलिदान सबैका गाथाहरु लेख्नुपर्छ । संविधान निर्माण गरेसम्मका इतिहास लेखौँ । हामीले छुट्टै बनाउनु पर्छ । त्यो मान्छेहरु हेर्न चाहन्छन् ।’

अध्यक्ष नेपालले गणतन्त्र सम्बन्धी एउटा छुट्टै संग्रहालय बनाउनुपर्ने बताए । उनले लखन थापा मगरदेखि अहिलेसम्मका जतिपनि जनताको लडाईं, संघर्ष, त्याग, तपस्या बलिदानका गाथाहरु त्यसमा लेखिनुपर्ने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्