Skip to content
Shikhar Insurance
National Life

अस्पतालको माग गर्दा प्रहरीले गोली चलायो, टाउकोमा गोली लागेर साहको मृत्यु

Hyundai
NCELL
NIMB

सर्लाही । अस्पतालको बिषयलाई लिएर बरहथवा नगरपालिकामा भएको आन्दोलनकाे क्रममा उत्पन्न विवादलाई नियन्त्रण गर्न प्रहरीले चलाएकाे गाेली लागि सर्लाहीमा एकजनाकाे मृत्यु भएको छ । मृत्यु हुने बरहथवा -६ बस्ने अन्दाजी वर्ष ३० का जयशंकर साह रहेका छन । मृतकको टाउकोमा गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन ।

सर्लाहीको बहरथवा नगर अस्पताललाई प्रदेश शरकारले आफ्नो माहाहातमा लिदै स्तरोन्नति गरि ५० शैयाको बनाउन अनुमती दिन माग नेपाली काँग्रेस सहित पाँच दलिय गठबन्धनका नेता एवं कार्यकर्ताहरुले बरहथवा नगरपालिकाकि मेयर कल्पना कटुवाल सङ गरेका थिए । तर मेयरले पहिलेको सहमती अनुसार स्तरोन्नतिको प्रकृयालाइ उल्टाएकोले आक्रोशित भिडले नगरपालिका कार्यलयमा ढुंगामुढा गर्दा प्रहरीले बल प्रयोग गर्दै स्थिति नियन्त्रणमा लिन टियरग्यास सहित गोली प्रहार गरेको थियो । बरहथवा नगरपालिकाको कार्यपालिकाको २०७९ असोज ९ गते बसेको बैठकले निर्माणधिन नगर अस्पताललाई स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्