Skip to content
Shikhar Insurance
National Life

सातौ कारोबारको दिन बढ्यो सेयर बजार, आधा दर्जन कम्पनीको सेयरमा सकारात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार बढेर बन्द भएको छ । निरन्तर अघिल्लो ६ कारोबार दिनमा १११.७६ अंक घटेको सेयर बजार आज भने बढेर बन्द भएको हो ।

बुधबार नेप्से परिसूचक २७.९० अंकले बढेर २,०५८ को विन्दुमा बन्द भएको छ । त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.७६ अंक बढेर ३८४.२९ को विन्दुमा बन्द भएको हो ।

यसदिन नेप्से बढेसँगै आधा दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसदिन दिब्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर्र एण्ड डेभलपमेन्ट, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनाापुर मिनरल्र्स र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको हो । त्यसैगरी, अन्य ५ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । कारोबारमा आएको लक्ष्मी लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ५.१० प्रतिशतले बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०६ कम्पनीको ९६ हजार २५२ पटकको कारोबारमा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता सेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको २३ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने आइएमई लाइफ र एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम १५ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.०८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दाब ढी बढेको छ भने विकास बैंक, वित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्