Skip to content
Shikhar Insurance
National Life

मिर्मिरे लघुवित्तद्वारा लगानीकर्ताहरुलाई ६.३२ प्रतिशत लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँको ६.३२ प्रतिशतका दरले हुन आउने ४ करोड २० लाख ७६ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पुस १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE