Shikhar Insurance
National Life

कुलमान घिसिङलाई कारवाही गर्नु पर्छ-उद्योगी ब्यवसायी

सिंहदरबार संवाददाता
२०८० पुष १५, आईतवार १३:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । डेडेकेटेड तथा ट्रङ्कलाईन प्रभावित उद्योगी ब्यवसायीहरुले नेपाल बिद्युत प्राधिकरणका एमडि कुलमान घिसिङलाई कार्वाही गर्न माग गरेका छन् ।

 नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले फर्जी बिल बनाएर उद्योगी ब्यवसायीलाई दु:ख दिने कुलमान घिसिङ र प्राधिकरणका कर्मचारीमाथी कार्वाही हुनुपर्ने बताएका हुन् । ‘हामीले उपभोग गरेको प्रमाणपत्र दिनुस बिल तिर्छौ भनिरहेका छौँ, प्रमाण नदिने अनि पैसा तिर भनेर बिल काट्ने अनि बत्ति काटिदिने ? फर्जी बिल काट्ने कुलमान जी र प्राधिकरणका कर्मचारीलाई कार्वाही गर्नु पर्दैन ?’, थापाले प्रश्न गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिद्धार्थ नगर उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले पनि कुलमान घिसिङको हठले उद्योगी ब्यवसायी समस्यामा परेको बताए । ‘कुलमान घिसिङ जीको पपुलर हुने रहरले उद्योगीहरु पीडित भए । एकजना ब्यक्तिको इगोका कारण सिङ्गो अर्थतन्त्रमा समस्या आयो । अब यसरी सहेर बस्न हुन्न ।’ श्रेष्ठले भने ।

उद्योगी साहिल अग्रवालले कुलमान घिसिङ र उनका कर्मचारीहरुले आफू जेल जाने डरका कारण उद्योगीलाई दु:ख दिएको आरोप लगाए । उनले आफै निर्णय गर्न सक्ने विषयमा पनि कुलमान घिसिङले निर्णय नगरी बिसयान्तर गरि बर्सौ पछि दु:ख दिएको आरोप पनि लगाए । अग्रवालले तत्कालै उद्योगहरुमा लाइन जाेडिनु पर्ने पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्