Skip to content
Shikhar Insurance
National Life

ओली नक्कली एमाले हुन, हामी सक्कली हौंः माधव नेपाल

Hyundai
NCELL
NIMB

नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमारले आफुहरु सक्कली एमाले भएको बताएका छन् । नवलपुरको कावासोतीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले केपी ओली नक्कली एमाले भएको र आफुहरु सक्कली एमाले भएको दावी गरेका हुन् ।

ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेकाले पार्टी र आन्दोलन जोगाउन आफुहरु लागिपरेको पनि बताए । उनले भने, ‘ओली कम्युनिष्ट आन्दोलन ध्वस्त पारेर कमिशनखोरी र भ्रष्टाचारीको संरक्षण गर्न रमाएका छन् ।’

आफुहरु पार्टी एकताका पक्षमा रहेको र ओलीले पार्टी विभाजन गर्न चाहेको पनि उनले बताए । ‘हामी पार्टी एकताका पक्षमा छौं, अदालतको निर्णय अनुसार पुनः एक भएर देश र जनताका पक्षमा काम गर्न चाहान्छौं तर ओलीले कथित कारवाहीका नाममा पार्टी विभाजन गर्न खोजिरहेका छन् ।’, नेता नेपालले भने ।

उनले कोरोनाका कारण जनताको अवस्था नाजुक बनेको तर ओलीले विदेशी शक्तिलाई रिझाउनै आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप पनि उनले लगाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्