Shikhar Insurance
National Life

डेडिकेटेड/ट्रङकलाइन महशुलबारे कुलमानले डाके पत्रकार सम्मेलन

सिंहदरबार संवाददाता
२०८० पुष १२, बिहीबार ०८:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । डेडिकेटेड ट्रङकलाइन महशुल विवादले चौतर्फी घेराबन्दीमा परेपछि नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङले पत्रकार सम्मेलन डाकेका छन् । बुधबार सिमित पत्रकारहरु मार्फत आफ्ना कुरा राख्ने योजना असफल भएपछि घिसिङले सार्वजनिक रुपमै पत्रकार सम्मेलन आव्हान गरेका हुन् ।
डेडिकेटेड ट्रङकलाइन महशुल विवादका कारण ठूला उद्योगहरुको लाइन काटेपछि घिसिङ यतिबेला चौतर्फी घेराबन्दीमा छन् । विद्युतको लाइन काटिएका उद्योगका मजदुरहरुले आन्दोलन थालेका छन् भने उद्योगीहरुले पनि आ आफ्नो तर्फबाट लबिङ जारी राखेका छन् ।
लगानी सम्मेलनका सम्मुखमा स्वदेशी लगानीकर्ताको मनोबल गिराउने काम गरेको भन्दै घिसिङको आलोचना भैरहेको छ ।
घिसिङले टिओडी मिटर समेत उपलब्ध गराउन सकेका छैनन् । प्राधिकरणले अदालतहरुलाई पत्र लेख्दै टिओडी मिटरको डाटाहरु डिलेट भैसकेको बताईसकेको छ ।

पत्रकार मित्रहरु
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका ग्राहकहरुको महशुल भुक्तानी विवादलगायतका विषयमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थितिका लागि अनुरोध छ ।
मिति ः २०८० पुस १२ गते बिहीबार ९आज० ।
समय ः दिनको २ बजे ।
स्थान ः नेपाल विद्युत प्राधिकरण, प्रधान कार्यालयको सभाहल, दरबारमार्ग काठमाडौ ।
नेपाल विद्युत प्राधिकरण

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्