Skip to content
Shikhar Insurance
National Life

नागरिक लगानी कोषको ईडी पदका लागि ५ जना सर्टलिष्ट, को–को परे ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक (ईडी) पदका लागि ५ जना सर्टलिष्टमा परेका छन्। कोषको कायर्कारी निर्देशक छनोट समितिको पुस १० गते मंगलबार बसेको बैठकले ५ जनाको नाम सिफारिस गरेको हो।

रमण नेपाल अवकाश भएपछि रिक्त पदमा सार्वजनिक आवेदन माग गरिएको थियो। त्यसमध्येबाट ५ जना छनौटमा परेका हुन्।

उक्त पदका लागि पर्वत कुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा.शिवहरी श्रेष्ठको नाम छनौट भएका छन्।

उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी पुस १७ गते अन्तरवार्ताका लागि बोलाइएको छ ।

पर्वत कुमार कार्की नेपाल ग्रामीण विकास वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत हुन् । उनले व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका छन्।

राजेन्द्र पण्डित राष्ट्र बैंकबाट अवकास प्राप्त कर्मचारी हुन्। उनीसँग बैंकिङ, नियमन, सुपरिवेक्षणका साथै विदेशी विनिमयको राम्रो अनुभव छ।

यस्तै, लेखनाथ शर्मा पंगेनी नेपाल सरकारको सहसचिव पदबाट अवकाश प्राप्त कर्मचारी हुन्। उनले अर्थमन्त्रालय र मातहतका निकायमा तीन दशक लामो समय काम गरेका थिए ।

यस्तै, विश्वमोहन अधिकारी युवा तथा स्वरोजगार कोषका हालका कार्यकारी निर्देशक हुन्। बैंक तथा वित्तीय क्षेत्रमा उनको २५ वर्षभन्दा बढी लामो अनुभव रहेको छ।

डा. शिवहरी श्रेष्ठ नेपाल खाद्य संस्थानका पूर्व प्रमुख हुन्। उनीमाथि भ्रष्ट्राचारको अभियोग लागेको थियो।

 

GBIME

प्रतिक्रिया दिनुहोस्