Shikhar Insurance
National Life

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै, मन्त्रीमण्डल पुनर्गठनको घोषणा आउन सक्ने

सिंहदरबार संवाददाता
२०८० पुष १०, मंगलवार ०८:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको एक बर्ष पुरा भएको छ । प्रचण्डले २०७९ पुस १० गते तेश्रो पटक प्रधानमन्त्रीको सपथ ग्रहण गरेका थिए ।

आफ्नो सरकारको एक बर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । आफुले यो एक बर्षमा गरेका कामहरुको प्रचारमा केन्द्रित हुने उनको सम्बोधनमा मन्त्रीमण्डल हेरफेरको बिषय समेत समेटिने सम्भावना रहेको स्रोतले बतायो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रीमण्डल हेरफेरबारे काँग्रेस सभापति शेर बहादुर देउवा, प्रधानमन्त्री प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच मोटामोटी सहमति भैसकेको छ । उनीहरुले अर्थ, गृह, पर्यटन, उर्जा, उद्योग, कृषि, सामान्य प्रशासन लगायतका अधिकांश मन्त्रीहरु फेर्ने समझदारी गरेको स्रोतले बतायो ।

GBIME

प्रतिक्रिया दिनुहोस्