Shikhar Insurance
National Life

जगदम्बा स्टिलले दैनिक २.५ करोड घाटा व्यवहोरिरहेको छ, अब स्टिलको मूल्य बढ्छ-अग्रवाल

शाहिल अग्रवाल
२०८० पुष ९, सोमबार २१:०७
Hyundai
NCELL
NIMB

अहिले नौ वटा उद्योगको लाइन काटिसकिएको छ । त्यसमा जगदम्बा स्टिल, सर्वाेत्तम सिमेन्ट, लक्ष्मी स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, अशोक स्टिल्स, सोनापुर मिनरल्स र रिलायन्स स्पिनिङ मिल्सको लाइन काटिसकिएको हो । यसरी लाइन काटिँदा उद्योेगीहरुलाई ठूलो मात्रामा आर्थिक नोक्सानी भैरहेको छ । जगदम्बा स्टिल्समा साढे ३ हजार मजदुर अहिले त्यत्तिकै बसिरहेका छन् ।

मंगलबारदेखि मजदुरहरुले सिमरा क्षेत्रको विद्युत प्राधिकरणको प्रादेशिक वितरण केन्द्रमा धर्ना दिने भन्नु भएको छ । हाम्रो उद्योगमा दैनिक करिब १.५ हजार टन देखि २ हजार टनसम्म स्टिल उत्पादन हुन्छ । त्यसमा मोटामोटी ४० देखि ४५ मेगावाट विद्यु्त खपत भैरहेको थियो । अहिले त्यो सबै ठप्प भैरहेको छ । अहिले जगदम्बा स्टिल्सलाई प्रतिदिन २ देखि २.५ करोड रुपैयाँ नोक्सानी भैरहेको छ । त्यसको विस्तारित नकारात्मक प्रभाव अझै धेरै हुने देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अहिले हाम्रो उद्योगको लाइन काटिँदा भोलीका दिनमा स्टिलको अभाव हुन सक्छ । र त्यसले स्टिलको मूल्यमा पनि वृद्धि हुने जोखिम ल्याउँछ । यहि अवस्था सिमेन्ट उद्योगमा पनि छ, आज बत्ति काटेर उत्पादन कटौती गरिदिँदा भोलीका दिनमा बजारमा उत्पादनकै अभाव हुन सक्छ । धागो उद्योगमा पनि यहि खालेको नकारात्मक प्रभाव परिरहेको छ ।-डेडिकेटेड तथा ट्रङकलाइन महशुल विवादबारे आयोजित पत्रकार सम्मेलनमा अग्रवालले व्यक्त गरेको धारणा

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्