काठमाडौं । प्रभु क्यापिटल लिमिटेडका हितग्राही ग्राहकहरुले रिदम टुर्स एण्ड ट्राभल्समा विशेष छुट पाउने भएका छन् । प्रभु क्यापिटल लिमिटेड र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स बीचमा तीन बर्षका लागि ग्राहकहरुलाई विशेष छुट दिने सम्झौत भएको हो ।
सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स को तर्फबाट प्रबन्ध निर्देशक प्रकाश थापाले गरेका छन् ।
सम्झौता अनुसार प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकहरुले रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्सले दिने सेवामा आर्कषक छुट अफर पाउने भएका छन् । काठमाडौंको उत्तरढोका (२, स्थित लाजिम्पाटमा रहेको यस संस्थाबाट आन्तरिक माउन्टेन फ्लाईट बुकिङ्घमा १५ प्रतिशत तथा विभिन्न अन्तर्राष्ट्रिय फ्लाईटहरूमा १० प्रतिशत विशेष छूट अफर पाउने भएका छन् ।
यो अफरबाट लाभ लिन प्रभु क्यापिटलका हितग्राही ग्राहकहरूले प्रभु क्यापिटलमा डिम्याट खाता रहेको आधिकारिक प्रमाण प्रस्तुत गर्नुपर्नेछ जसको आधारमा टुर्स एण्ड ट्राभल्स ले ग्राहकलाई विशेष छुट दिनेछन् ।
प्रतिक्रिया दिनुहोस्