काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिन ३२.७७ अंकले घटेको सेयर बजार यसदिन पनि सोहि क्रमलाई निरन्तरता दिएको हो ।
आइतबार नेप्से परिसूचक २१.०३ अंक घटेर २०८८.०७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१६ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब २७ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ कम्पनीको १ लाख २८ हजार ३५६ पटकको कारोबारमा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख ८९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन एक दर्जन कम्पनीका सेयरधनीहरुले मनग्य आम्दानी गरेका छन् । यसदिन बोर्टल्स नेपाल, कालिका पावर, समलिङ्गी पावर,, विपीडब्लु लघुवित्त र छिमेकी लघसवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ भाने, अन्य ९ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको दुई कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन ज्योति विकास बैंकको ऋणपत्र र नेपाल रिपब्लिक मिडियाको मूल्य १० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन हाथवे इन्भेष्टमेन्ट र आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यसैगरी, यस दिन हाथवे इन्भेष्टमेन्टको २९ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने सोनापुर मिनरल्सको २८ करोडभन्दा बढीको सेयर किनबेच भएको छ।
यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.८९ प्रतिशत घटेको छ।
प्रतिक्रिया दिनुहोस्