काठमाडौँ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले सामाजिक सञ्जालमा विज्ञापन गरेर नेपालको पैसा विदेश जाने अवस्था नरहेको बताएका छन् ।
बिहीवार विज्ञापन बोर्डले आयोजना गरेको डिजिटल माध्यम तथा सामाजिक सञ्जालमा हुने विज्ञापन नियमन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष हुमागाईंले अहिले सामाजिक सञ्जालमा विज्ञापन गरेर नेपालको पैसा विदेश जाने अवस्था नरहेको बताए । उनले विज्ञापन गरेको पैसा राष्ट्र बैंकले पठाउने अवस्था नदेखिएको र विधि, विधान नबनुन्जेल विज्ञापन बोर्डले पनि सिफारिस गर्न नसक्ने स्पष्ट पारे । उनले विज्ञापन बोर्डमा विदेशी मुद्रा सटहीको लागि भनेर आएका निवेदनहरु रोकेर राखिएको बताऐ । सरकारलाई २८ प्रतिशत कर तिरेर बसेकाहरुलाई पनि बोर्डले सिफारिस नगरेको बताए ।
उनले भने – ‘विज्ञापन बजारमा जुन खालको अलमल छ, जसको कारणले गर्दा विज्ञापन बजार घटिरहेको छ । टिआरपी नपाउने र टिआरपी प्राप्त नहुँदाखेरी सामाजिक सञ्जालतर्फ आकर्षित हुने एउटा ठूलो समस्याको रुपमा हामीले पाएका छौँ । जस्तोः विज्ञापनदाताले मेरो भिजिबिलिटी कति भयो त्यसैलाई हेर्ने हो, त्यसकै आधारमा म प्रतिको रेस्पोन्स कस्तो आयो भनेर हेर्ने हो । जुन कुरो आजसम्म पनि नेपालमा हामीले दिन सकेका छैनौँ । विज्ञापन बोर्ड गठन भएको ३ वर्ष मात्रै भयो । नयाँ नियमावलीले त्यो सम्मको इन्भिजन गरिसकेको छ । नियमावलीको बारेमा एकखालको कन्फ्युजन अथवा असहमती, विमति हुनु अस्वभाविक होइन । एउटा पक्षको असहमति होला । एउटा पक्षको सहमति होला । सबै कुरालाई रिझाएर जान त सकिँदैन तर एउटै कुरा हामी के कुरामा निश्चित छौँ भने आ–आफ्नो स्थानमा बसेर फेयर प्ले को वातावरण हुन दिनुपर्छ । त्यसमा कसैले अवरोध ग¥यो भने त्यो अवरोधलाई पन्छाउने, हटाउने र त्यसलाई ठेगानमा ल्याउने काम नियामक निकाय हो गर्नुपर्छ हामीले । गर्छौं । त्यो कुरालाई हामीले अगाडी बढाएका छौँ । विज्ञापन बोर्डमा विदेशी मुद्रा सटहीको लागि भनेर आएका निवेदनहरु हामीले अहिले होल्ड गरेका छौँ । कतिपय साथीहरुले ट्याक्स तिरेर बसिरहनु भएको छ । २८ प्रतिशत ट्याक्स लाग्छ यसमा । त्यो ट्याक्स बुझाएर पनि हामीले सिफारिस नगरेको अवस्था विद्यमान छ । अहिले सामाजिक सञ्जालमा विज्ञापन गरेर यहाँहरुको पैसा विदेश जाने अवस्था करिव–करिव छैन । हुनत राष्ट्रबैंकले गरिदियो भने अलग कुरा हो । तर अहिले हामीले राष्ट्रबैंक सँग कुरा गर्दाखेरी अहिले तत्काल राष्ट्रबैंकले पठाउने अवस्था देख्दैनौँ हामी । त्यसकारण त्यतिधेरै इन्करेज हुने अवस्था चाहीँ अहिलेलाई छैन नेपालमा । विधि, विधान नबनुन्जेल विज्ञापन बोर्ड सिफारिस गर्न सक्षम छैन ।’
अध्यक्ष हुमागाईंले विज्ञापन बजारमा आएको अलमलका कारण विज्ञापन बजार घटिरहेको र विज्ञापनले टिआरपी नपाउँदा सामाजिक सञ्जालतर्फ आकर्षित भइरहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्