Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंक ‘भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

सिंहदरबार संवाददाता
२०८० पुष ५, बिहीबार १६:३७
Hyundai
NCELL
NIMB

काठमाडौँ । ग्लोबल आइएमई बैंक ‘भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । भिषा इन्टरनेशनलद्वारा काठमाडौँमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्र्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो ।

बैंकले हालैमात्र भिषासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ । क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्ने सकिने उक्त प्रविधि नेपालमै पहिलो रहेको छ । बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्