Skip to content
Shikhar Insurance
National Life

काठमाडौंको तापक्रम निरन्तर घट्दो, चिसो अझ बढ्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ। काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने आज बिहानको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले बताए। उनले भने, “काठमाडौंमा आज सबैभन्दा कम तापक्रम मापन भएको छ, यो अहिलेसम्मकै  कम तापक्रम हो र यो अझै घट्ने सम्भावना छ।”

काठमाडौं उपत्यकाको आज बिहान ५ः४५ बजे ४.८ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम तापक्रम ८ः४५ बजे घटेर ४ दशमलव ५ डिग्री सेल्सियस कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्