Shikhar Insurance
National Life

गरिमा विकास बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०८० पुष ५, बिहीबार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो।

पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले हाल कायम चुक्ता पूँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँको १० प्रतिशतका दरले हुने ५१ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ९.५० प्रतिशतका दरले हुन आउने ४९ करोड २८ लाख ३० हजार रुपैयाँ बराबर बोनस सेयर रहेको छ भने ०.५० प्रतिशतका दरले हुन आउने २ करोड ५९ लाख ३८ हजार रुपैयाँ बराबरको (कर प्रयोजनार्थ) नगद लाभांश रहेको छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरभनहिरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्