Skip to content
Shikhar Insurance
National Life

भूकम्प्प प्रभावित क्षेत्रका पत्रकारलाई पत्रकार महासंघद्वारा आर्थिक सहयोग

Hyundai
NCELL
NIMB

त्रिवेणी । भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका पत्रकारलाई पत्रकार महासंघले आर्थिक सहयोग गरेको छ । गत कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित भएका पत्रकारलाई बुधबार पत्रकार महासंघको केद्रीय टोलीले जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा पुगरे ४ लाखको चेक हस्तान्तरण गरेको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीलाई चेक हस्तान्तरण गरे। प्रभावित क्षेत्रका पत्रकारलाई आर्थिक रुपमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले महासंघले सङ्कलन गरेको रकम हस्तान्तरण गरिएको महासचिव पुरीले जानकारी दिए। भूकम्प गएदेखि प्रभावित क्षेत्रमा खटिने पत्रकारको बारेमा जानकार रहेको बताउँदै उनले आउँदा दिनमा थप सहयोग गर्न महासङ्घ तयार रहेको बताए।

प्रभावित क्षेत्रका पत्रकारको आवश्यकता आधारमा क्षमता विकास तालिम, आवश्यक समन्वय गर्न महासंघ सधैँ साथमा रहेको वरिष्ठ उपाध्यक्ष विष्टले बताए। प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको पत्रकारिता पेसालाई थप अगाडि बनाउन यहाँबाट फर्केर महत्त्वपूर्ण निर्णय गर्ने उनको भनाइ थियो । उनका अनुसार प्रभावित पत्रकारलाई न्यायोचित ढङ्गले रकम वितरण गर्न पत्रकार महासंघ रकुम पश्चिमलाई आग्रह गरिएको छ।

महासंघबाट प्राप्त भएको रकम न्योयोचित ढङ्गले वितरण हुने जिल्ला अध्यक्ष केसीले बताए। उनका अनुसार  प्राप्त भएको रकम वितरण गर्न कार्यदल निर्माण गरिएको र कार्यदलको निर्णय अनुसार केही दिनभित्र वितरण गरिने छ ।

महासंघको टोलीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा समान ४/४ लाख आर्थिक सहयोग गरेको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्