Shikhar Insurance
National Life

नौ अर्ब डलरमा ८० नयाँ बिमान किन्दै लुफ्थान्सा, आक्रामक बजार विस्तारको रणनीति

सिंहदरबार संवाददाता
२०८० पुष ४, बुधबार ०७:५३
Hyundai
NCELL
NIMB

जर्मनी । आफ्ना विमानहरूको आधुनिकीकरण गरिरहेको जर्मन एयरलाइन्स लुफ्थान्साले करिब नौ अर्ब डलरमा बोइङबाट ४० र एयरबसबाट ४० विमानको अर्डर गरेको छ । बोइङ विमान ७३७–८ एमएएक्स र एयरबस विमान ए२२०–३०० मोडेलको हुने एयरलाइन्सले उल्लेख गरेको छ ।

लुफ्थान्सा बोर्डका सदस्य डेटलेफ केसरले भने, “हामी हाम्रो कम्पनीको इतिहासमा सबैभन्दा ठूलो विमान आधुनिकीकरणमा तीव्रता दिइरहेका छौँ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

एयरबसका विमानको प्रयोग लुफ्थान्साको नयाँ क्षेत्रीय वाहक सिटी एयरलाइन्सले गर्ने उद्देश्य राखेको छ । सिटी एयरलाइन्स सन् २०२४ को गृष्ममा सञ्चालन सुरु हुनेछ । सन् २०२६ मा पहिलो वितरण गरिने ती विमानलाई फ्र्याङ्कफर्ट र म्युनिखबाट छोटो दूरीका मार्गमा परिचालन गरिने छ ।

पहिलो डेलिभरी सन् २०२७ मा हुने बोइङ विमानको प्रयोग छोटो र मध्यम दूरीका मार्गमा गर्न सकिनेछ । लुफ्थान्सा समूहका कुन एयरलाइन्सले विमानहरूको प्रयोग गर्ने हो भन्नेबारेमा कुनै अन्तिम निर्णय लिइएको छैन । समूहका वाहकहरूमा लुफ्थान्सा, युरोविङ्ग्स, अस्ट्रियन, स्विस र ब्रसेल्स एयरलाइन्स रहेका छन् ।

नयाँ विमान शान्त र अधिक आरामदायक हुने र आफ्ना पूर्ववर्तीहरूको तुलनामा ३० प्रतिशत कम कार्बनडाइअक्साइड उत्सर्जन गर्ने केसरले बताउनुभयो । सन् २०१९ को तुलनमा सन् २०३० सम्ममा आफ्नो शुद्ध कार्बन उत्सर्जनलाई आधा गर्ने र सन् २०५० सम्ममा कार्बन तटस्थ बन्ने लुफ्थान्साको लक्ष्य छ ।

यद्यपि उड्डयन क्षेत्रलाई डिकार्बोनाइज गर्न सबैभन्दा कठिन छ र यसको आशा स्थायी उड्डयन इन्धन (एसएसएफ) मा अडिएको छ । एसएसएफ एउटा जैविक इन्धन हो । यसले परम्परागत जेट इन्धनको तुलनामा कम कार्बन उत्सर्जन गर्छ तर हाल यसको उत्पादन लागत अत्यन्त महङ्गो छ ।

कोरोना भाइरस महामारीले हवाई यात्रा बन्द हुँदा जर्मन सरकारले लुफ्थान्सालाई जमानत दिनुपरेको थियो तर एयरलाइन्स सुदृढरूपमा फर्किएको छ । नोभेम्बरमा लुफ्थान्सा समूहले गृष्मको यात्रापछि तेस्रो त्रैमासिकको मुनाफामा वृद्धि भएको बताएको थियो । उसले आगामी महिनाहरूमा पनि मुनाफा जारी रहने अपेक्षा गरिएको बताएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्