Shikhar Insurance
National Life

कुमारी बैंकको फेस्टिभ बाहार, नयाँ खाता खोल्ने ग्राहकलाई उपहारै उपहार

सिंहदरबार संवाददाता
२०८० पुष ३, मंगलवार १७:१४
Hyundai
NCELL
NIMB

कठमाडौं । कुमारी बैंक लिमिटेडले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारको अवसरमा नागरिक बचत खातामा आफ्ना ग्राहकहरुलाई आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने भएको छ ।

आउँदो पुस ८ गते देखी २० गते सम्म नयाँ खोल्ने ग्राहकले एक वष सम्म डेबिट कार्ड, मोबाईल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग सुविधाहरु निःशुल्क पाउनेछन् र सो खातामा न्युनतम रकम १ हजार हुनुपर्नेछ । उक्त सुविधाहरु नागरिक बचत खातामा मात्र लागु हुने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डिजिटल बैंकिङ्ग सेवाहरुलाई प्रोत्सहान गर्नका साथै बैंकिङ्ग सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पु¥याउन बैंक सदैब तत्पर रहने समेत बैंकले जनाएको छ ।

आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्