Skip to content
Shikhar Insurance
National Life

सिन्धुपाल्चोकबासीका लागि खुसीको खबरः मध्य भोटेकोशीको ६० करोडको आईपीओ खुल्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । सिन्धुपाल्चोक बासीका लागि खुसीको खबर आएको छ । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गतेदेखि ६० करोेड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दैछ र त्यसमा सिन्धुबासीले मात्रै आवेदन दिन पाउनेछन् ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरका ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कुल निनष्काशनको ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं १ र ५, बाह्रबिसे नगरपालिका वडा नं। ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ का स्थायी बासिन्दालई छुट्याईएको छ
बाँकी ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता सेयर भने सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गते निष्काशन बन्द हुनेछ। ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, एनसीसी बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक जिल्लाका शाखा कार्यालयहरुबाट आईपीओ भर्न सकिनेछ ।

ग्लोबल आइमएई क्यापिटल बिक्रि प्रबन्धक रहेको आईपीओमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटलहरु सहायक प्रबन्धक रहेका छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ४ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्