काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका लगानीकर्ताले १० प्रतितश बोनस सेयर पाउने भएका छन् । पुस २ गते अपरान्ह बसेको कम्पनी सञ्चालक समिति बैठकले लगानीककर्तालाई १०.५२३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित कुल लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) रहेको छ । कम्पनीले लाभांश प्रस्ताव पास गर्नका लागि पुस २६ गते साधारण सभा समेत डाकिसकेको छ भने पुस १२ गते बुकक्लोजको मिति तोकेको छ ।
केहि समय अघि मात्रै प्रति कित्ता ५० रुपैयाँमा आईपीओ जारी गरेको हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य अहिले ७५० रुपैयाँ पुगिसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १७ करोड रुपैयाँ रहेको छ । कम्पनीले ११ करोड ७० लाख रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्