Skip to content
Shikhar Insurance
National Life

२७ अंकले बढेर बन्द भयो सेयर बजार, एक दर्जन कम्पनीको सेयरमा सकारात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार बढेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक २७.७५ अंक बढेर २०२२.३५ विन्दुमा पुगेको हो।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन २९५ कम्पनीको १ लाख १ हजार १२८ पटकको कारोबारमा ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस दिनको कारोबार रकम साढे ५ महिना यताकै उच्च हो। यस अघि गत असार १७ गते नेप्सेमा ५ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो।

यस दिन १ दर्जनभन्दा बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अन्य १४ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन हिमालयन लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.७७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, यस दिन सोनापुर मिनरल्स र रिलायबल नेपाल लाइफको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.५५ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक यस दिन घटेको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्