Skip to content
Shikhar Insurance
National Life

‘मेलम्चीको पानी चाँडो काठमाडौं पुर्याऔँ’

Hyundai
NCELL
NIMB

सिन्धुपाल्चोक । सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौं पुर्याउन आग्रह गरेका छन्। मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको आज निरीक्षण गर्दै उनले सक्दो चाँडो काठमाडौंका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिए।

सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगकोसमेत निरीक्षण गरे। मेलम्चीको पानी काठमाडौं लैजान ढिलाइ भइरहेको सन्दर्भमा उनले यसबारे सम्बन्धित निकायबाट जानकारी लिएका हुन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवसरमा मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनीयर पदमबहादुर कुँवरले मेलम्चीमा हाल भइरहेको कामका बारेमा सभामुख घिमिरेलाई जानकारी गराएका छन्। उनका साथमा पूर्वमन्त्री शेरबहादुर तामाङ, बागमती प्रदेशका पूर्वमन्त्री सरेस नेपाललगायत रहेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE