Shikhar Insurance
National Life

अर्थतन्त्रमा सुधारको संकेत, रेमिट्यान्स २६ प्रतिशतले बढ्दा शोधनान्तर १६ खर्ब ९६ अर्ब

सिंहदरबार संवाददाता
२०८० मंसिर २८, बिहीबार १५:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको ४ महिना अर्थात कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार नेपाली अर्थतन्त्रमा व्यापक मात्रामा सुधार भएको देखिएको छ । रेमिट्यान्स २६ प्रतिशतले बढेको, मुद्रास्फीति ५.३८ प्रतिशतमा सिमित रहेको,आयत ३.८ प्रतिशतले घटेको तथा निर्यात ७.७ प्रतिशतले बढेको, शोधनान्तर १ खर्ब ४१ अर्बले बढेर १६ खर्ब ९६ अर्व पुगेको छ भने विदेशी मुद्रा सञ्चिती १० प्रतिशतले बढेर १३ महिना बढीको आयात धान्न सक्ने स्थीतिमा रहेको छ ।

कर्जा तथा निक्षेप 

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.३ प्रतिशत रहेको छ । अर्थतन्त्रका अन्य सुचकहरुमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले झण्डै १ खर्ब बराबरको कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार ४ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २.१ प्रतिशत बढेको छ । अर्थात् ९९ अर्ब ४० करोड कर्जा प्रवाह भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा १.५ प्रतिशत अर्थात् ६८ अर्ब ५५ करोड कर्जा प्रवाह भएको थियो । वार्षिक बिन्दुगत आधारमा कात्तिकसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.४ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन भने २.७ प्रतिशतले बढेको छ । जसमा निक्षेप १ खर्ब ५४ अर्ब ६१ करोड बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा ०.९ पतिशत अर्थात् ४६ अर्ब ७४ करोड बढेको थियो । वार्षिक बिन्दुगत आधारमा कात्तिकसम्म निक्षेप १४.३ प्रतिशतले बढेको छ ।

विदेशी विनिमय सञ्चिति

आर्थिक वर्ष २०८०/८१ को ४ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३१.५ प्रतिशत, ९४.३ प्रतिशत र २६.७ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेको थियो ।

चालु खाता

समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३७ अर्ब ७९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४६.६ प्रतिशतले कमी आई १ अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ६४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४२ करोड ९२ लाख रहेको थियो ।

शोधनान्तर स्थिति

समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्