Shikhar Insurance
National Life

रेमिट्यान्समा २६ प्रतिशतले वृद्धि, ४ महिनामै भित्रियो ४ खर्ब ७७ अर्ब

सिंहदरबार संवाददाता
२०८० मंसिर २८, बिहीबार १४:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा ४ खर्ब ७७ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको ४ महिनाको तथ्याङ्क अनुसार र रेमिट्यान्स २६.४ प्रतिशतले बढेर ४ अर्ब ७७ अर्ब ९६ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २०.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स २३.१ प्रतिशतले बढेर ३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यो १०.८ प्रतिशतले बढेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १३७,४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८,८४१ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या क्रमशः १९६,७३५ र ८७,४२८ रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्