Shikhar Insurance
National Life

गगन थापा अर्थमन्त्री बन्दै, देउवा–प्रचण्ड दुबै ‘कन्भिन्स’

सिंहदरबार संवाददाता
२०८० मंसिर २८, बिहीबार ०८:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा अर्थमन्त्री बन्ने भएका छन् । लामो समयदेखि आन्तरिक कलहमा रहेको नेपाली काँग्रेस भित्र थापालाई अर्थमन्त्री बनाएर अघि बढ्ने बिषयमा मोटामोटी सहमति बनेको स्रोतले बतायो । स्वयं गगन थापा पनि अर्थमन्त्री बन्न राजी भएको उनी निकट उच्च स्रोतले बतायो ।

‘उहाँले सुरुमै अर्थमन्त्री बन्न चाहनु भएको थियो, त्यतिबेला प्रकाश दाईले जिम्मेवारी पाउनु भयो, अहिले संकटको घडी छ, आम नागरिक र बिजनेश कम्युनीटीमा सकारात्मक सन्देश दिनका लागि पनि आफु अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्न तयार रहेको सन्देश पठाउनु भएको छ’, थापा निकट उच्च स्रोतले सिंहदरबारलाई भन्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले २०८१ बैशाख ९ र १० मा लगानी सम्मेलनको आयोजना गर्दैछ । सम्मेलन अघि नै स्वदेशी लगानीकर्ताहरुको मनोबल उच्च बनाईसक्नुपर्ने निष्कर्ष प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनमा सुनाएका थिए । त्यसका लागि पनि उनले अर्थमन्त्री फेर्नुपर्ने भन्दै अडान कसेका थिए । प्रधानमन्त्री प्रचण्डले नै गठबन्धनबाट गगन थापालाई अर्थमन्त्री बनाएर सकारात्मक सन्देश दिनुपर्ने धारणा सत्तारुढ गठबन्धनको शिर्ष तहमा राखेका थिए ।

यसअघि पनि प्रचण्ड प्रधानमन्त्री हुँदा गगन थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । गगनले पनि प्रचण्डसँग काम गर्न सहज हुने गरेको बताउँदै आएका छन् ।

घर जान लागेको अर्थमन्त्रीको संकेत
बुधबार अकस्मात पत्रकार सम्मेलनको आयोजना गरेर अर्थमन्त्री डा. प्रकाश शरण महतले आफ्नो बहिर्गमनको संकेत दिएका थिए । पत्रकार सम्मेलनको आयोजना, त्यहाँ व्यक्त गरिएको धारणा र उनको हाउभाउले नै बहिर्गमनको संकेत दिएको थियो ।

आफुले अर्थमन्त्रालयको बाघडोर सम्हाल्दा र अहिलेको आर्थिक तथ्यांकहरुको तुलनात्मक बिश्लोषण समेत प्रस्तु्त गरेर आफुले निकै मेहनतका साथ काम गरेको दावी पेश गरेका थिए ।

पत्रकार सम्मेलनमा योजना आयोग, राष्ट्र बैंक लगायतका निकायहरुबाट उच्च पदस्थहरुको सहभागीता थिएन् । त्यति मात्रै नभएर बुधबारको पत्रकार सम्मेलनमा मन्त्री डा. महतले मात्रै बोलेका थिए । अर्थमन्त्रालयका तर्फबाट प्रवक्ता धनीराम शर्माले सहजीकरणको भूमिका निभाउने बाहेक अरु कसैको भूमिका थिएन् । करिब डेढ घण्टा चलेको पत्रकार सम्मेलनमा मन्त्री डा. महतले आफुले अर्थतन्त्रको सुधारका लागि अनेकौं प्रयास गरेको तर्कहरु पेश गरेका थिए ।

यहि शैलीका पत्रकार सम्मेलनहरु यस अघिका अर्थमन्त्रीहरुले आफ्नो बहिर्गमनका समयमा मात्रै गर्दै आएका थिए ।
ठ्याक्कै बहिर्गमनको झल्को दिने गरि अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेपछि मन्त्री फेरिने हल्लालाई थप बल पुगेको छ ।
सत्तारुढ गठबन्धनमा मन्त्री फेर्ने बिषयमा सहमति भैसकेको छ ।

केहि मन्त्री हेरफेर गर्ने की अहिलेको पुरै सेट बदल्ने भन्ने बिषयमा कुरा अड्किएको छ । काँग्रेस र माओवादीले अर्थमन्त्री- गृहमन्त्री साटासाट गर्ने बिषयमा पनि छलफलहरु भैरहेका छन् । तर लगानी सम्मेलनको तयारीमा रहेको सरकारले स्वदेशी तथा विदेशी लगानीकर्ताको मन जित्नुपर्ने अवस्था रहेकाले काँग्रेसबाटै अर्थमन्त्री बनाउनुपर्ने र त्यसका लागि महामन्त्री थापा नै उत्तम विकल्प भएको बारे शिर्ष नेताहरु कन्भिन्स बनेका छन् ।

अहिले मन्त्री हेरफेर गर्दा माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचन प्रभावित हुने त होइन भन्ने त्रासले गठबन्धनलाई केहि पिरोलेको देखिन्छ । त्यस्तो नकारात्मक प्रभाव नपर्ने निष्कर्ष आएमा तत्कालै मन्त्री हेरफेर हुनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्