काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले सेयर बजार र घरजग्गा कारोबार बढ्न थालेको बताएका छन् । आफ्नो कार्यकालको उपलब्धि सुनाउन पत्रकार सम्मेलन गर्दै उनले सेयर बजार र घरजग्गा कारोबार बढ्नु राम्रो संकेत भएको पनि बताए ।
“घरजग्गा र सेयर कारोबार बढ्न सुरु गरेको छ । हालै सेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको छ ।”अर्थमन्त्री डा. महतले भने ।
उनले मौद्रिक नितिको समिक्षाबाट बैंकहरुमा सकारात्मक प्रभाब परेको र त्यसले आर्थिक क्रियाकलापहरुमा प्रतिबिम्बित भएको दावी पनि गरे ।
समस्यामा परेका ऋणिहरुलाई कर्जाको पुनसर्ंरचनाको सुबिधा दिएको र त्यसले ब्यवसायीहरुको मनोबल बढाउन भूमिका खेलेको पनि बताए ।
निर्माण ब्यवसायीको बक्यौता रकम भुक्तानी दिने ब्यवस्था गरिसकेको दावी पनि गरे ।
प्रतिक्रिया दिनुहोस्