काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् ।
उनले आफ्नो ३ वर्षे कार्यकाल सकिनु १५ महिना अगावै मंगलबार राजीनामा दिएका हुन् । निर्देशक थानीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल समक्ष राजीनामा पत्र बुझाएका हुन् ।
२०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका थानीको कार्यकाल २०८१ फागुनसम्म थियो । तर, उनले १५ महिना अगावै राजीनामा दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्