Skip to content
Shikhar Insurance
National Life

एनसेललाई राष्ट्रियकरण गर्नुपर्छः नेता पाण्डे

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।  रफत सञ्चार क्लबले आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उनले  एनसेललाई अब राष्ट्रियकरण गर्नुपर्ने बताएका हुन् ।

पूर्वमन्त्री पाण्डेले भने, “डेढ खर्बको लागत रहेको एनसेल कम्पनीको शेयर खरिद बिक्रीको रकम ६ अर्बमात्रै हुनुले त्यहाँ गलत भएको तथ्य उजागर भएको छ, सरकारी अभिलेख हेर्दा पनि एनसेलले छ अर्ब मुनाफाको अंश विदेश लगेको देखिन्छ, यस्तो अवस्थामा ठूलो रकम कर छलेको सहजै अनुमान गर्न सकिन्छ छानबिन समितिले निष्पक्ष छानबिन  त्यसलाई राष्ट्रियकरण गरिनुपर्छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्