Skip to content
Shikhar Insurance
National Life

‘सङ्गठित संस्थाहरुको संस्थागत सुशासन सम्वन्धी निर्देशिका २०७५’ प्रति चेम्बरकाे आपत्ती, संशोधनको माग

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले संचालकहरुको स्वामित्वमा भएको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति आपत्ती जनाएको छ ।  चेम्बरले सङ्गठित संस्थाहरुको संस्थागत सुशासन सम्वन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित व्यवस्था प्रति ध्यानकर्षण भएको जनाउँदै परिवर्तनको माग समेत गरेको छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशिकामा ‘कुनै व्यक्ति संचालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने’ व्यवस्था रहेको छ । जसको संशोधन गर्न चेम्बरले सरकारको ध्यानाकर्षण गराएको हो ।

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति संचालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी संचालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशत सम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौं, ।’

चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले अर्थसचिव कृष्णहरी पुष्करसंग अर्थमन्त्रालयमा भेट गरी आज धितोपत्र बोर्डबाट जारी भएको निर्देशिका अव्यवहारिक भएको जाकारी गराएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कुनै व्यवसायीले आफ्नो चल सम्पति बिक्री गर्न नपाउने परिस्थितीमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष राजेन्द्र मल्लको भनाइ रहेको छ ।

धितोपत्र बोर्डबाट जारी भएको निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित ‘कुनै व्यक्ति संचालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने ’ व्यवस्था संशोधन गर्न चेम्बरले अर्थसचिव कृष्णहरी पुष्कर मार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्