Skip to content
Shikhar Insurance
National Life

रामग्राम स्तुप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Hyundai
NCELL
NIMB

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामग्राम स्तुप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहाल आज पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आई स्तुप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दुरदर्शी काम गर्ने बताएका हुन् ।

शान्तिका अग्रदूत गौतमबुद्धको अस्तुधातु रहेको एतिहासिक तथा धार्मिकस्थल रामग्राम स्तुपमा आयोजित कार्यक्रममा सहभागी भएका उनले रामग्राम स्तुप, यस क्षेत्रको विकासका लागि निकै महत्वपूर्ण भएको बताउँदै यसको विकाससँगै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्ड नामक संस्थासँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले रामग्राम स्तुप क्षेत्रको महत्वबारे चर्चा गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्