Skip to content
Shikhar Insurance
National Life

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने ४ अर्ब माथि

Hyundai
NCELL
NIMB

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ( आइतबार) १ सय ११ अंकले बढेको सेयर बजार आज भने ओरालो लागेको हो ।
आज १५ दशमलव ४० अंकले ओरालो लागेको सेयर बजार १९४८ दशमलव ५७ विन्दुमा झरेको छ ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४ दशमलव ३३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ५२ अंक घटेको छ।

यस दिन कारोबार रकम भने उल्लेख्य बढेको छ। यस दिन ३०३ स्टकको १ लाख ९ हजार ९१८ पटकको कारोबारमा ४ अर्ब ८४ करोड २७ लाख रुपैयाँ बराबरको १ करोड ४६ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (तराई), सामुदायिक लघुवित्त र डोल्टी पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन हाथवे इन्भेष्टमेन्ट कम्पनी, इन्फिनिटी लघुवित्त र मानुषि लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको समता घरेलु लघुवित्तको सेयर मूल्य भने यस दिन सर्वाधिक ७ दशमलव १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २५ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साढे १६ करोड रुपैयाँ बराबरको  सेयर  किनबेच भएको छ।

आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपससमूहको परिसूचक सर्वाधिक २ दशमलव १६ प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १ दशमलव ३७ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव ०९ प्रतिशत घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्