Shikhar Insurance
National Life

लक इन पिरियड खुल्नु ३० दिन अघि सार्वजनिक सूचना निकाल्नुपर्ने, धितोपत्र बोर्डले गर्यो कडाई

सिंहदरबार संवाददाता
२०८० मंसिर २५, सोमबार १४:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचिकृत लक इन पिरियड खुल्नु ३० दिन अघि नै सार्वजनिक सूचना प्रकाशित गरि सबैलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको छ । बोर्डको मंसिर २२ गते बसेको सञ्चालक समिति बैठकले सूचिकृत संगठित संस्थाहरुले लक इन पिरियड खुल्नु अघि ३० दिन कुन समुहको सेयर हो ? कसले कति कित्ता सेयर बेच्ने हो ? सोको सम्पूर्ण विवरण नेप्से र सीडीएससीको वेभसाइटमा एक हप्तासम्म राख्नुपर्ने नियम लागु गरेको हो । अब यो नियम मंसिर २५ गतेदेखि नै लागु हुने गरि कार्यान्वयनमा ल्याएको हो ।

बैंक तथा वित्तिय संस्था र इन्स्योरेन्स कम्पनी बाहेकका कम्पनीका लगानीकर्ताहरुले लक इन पिरियड खुल्ने वित्तिकै सुटुक्क सेयर बेचेर भाग्न पाउने छैनन् । बिशेषगरि हाइड्रोपावर कम्पनी, सिमेन्ट लगायतका फ्रन्ट लाइन रेगुलेटर नभएका कम्पनीहरुले लक इन खुल्ने वित्तिकै सेयर बेचेर मुल लगानीकर्ताहरु निस्किने र बजार तल घटेका बेला फेरि बजारमा प्रवेश गरेर पुनः चलखेल गरिरहेको आरोप लागिरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्