Shikhar Insurance
National Life

शौर्य मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न

सिंहदरबार संवाददाता
२०८० मंसिर २५, सोमबार १२:२४
Hyundai
NCELL
NIMB

काठमाडौं ।‘मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान ’ मुल नाराका साथ शौर्य सिमेन्टको आयोजना मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ ।

मधेस प्रदेश स्तरमा गरिएको उक्त कार्यक्रममा १ सय ५० वटा भन्दा बढि आबेदन परेको थियो । जसबाट दोस्रो चरणमा ७५ जनालाइ छनोट गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छनोट भएका ७५ जनाले शौर्य सिमेन्ट उद्योग परिसर स्थित हलमा क्यानभासमा दिइएको बिषय बस्तु अनुसार चित्र बनाउन लगाइएको थियो । उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि १५ जनाको छनौट गरिने छ, जसमा शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनु पर्नेछ ।

तेस्रो चरणको प्रतियोगिता पौष २ गतेदेखि ७ गते सम्म चल्नेछ । यस प्रतियोगितामा प्रथम हुनेलाइ ७५ हजार, दोसे हुनेलाइ ५० हजार, तृतिय हुनेलाइ २५ हजार र बाँकी १२ जनालाइ ५ /५ हजार नगद प्रदान गरिने छ ।

कार्यक्रमको निर्णायक टिममा मिथिला आर्ट ग्यालरिका संचालक श्याम सुन्दर यादब र सुनैना आर्ट ग्यालरीका सुनैना ठाकुर रहेका छन् । आफ्नो समाजिक उतरदायित्व अन्तर्गत शौर्य सिमेन्ट इन्डस्ट्रीजले गरेको कार्यक्रमको चौतर्फि प्रसंशा भैरहेको छ ।

 

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्