Skip to content
Shikhar Insurance
National Life

प्रि ओपन सेसनमा २५.५५ अंकले बढ्यो नेप्से

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २५.५५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १११.२० अंक अर्थात ६ प्रतिशतले बढेर १९६३.९८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २५.५५ अंक बढेर १९८९.५३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.५६ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १७६ कम्पनीको २ करोड ९१ लाख ७९ हजार ३३३ रुपैयाँ ५० पैसा बराबरको ८५ हजार ५८४ कित्ता सेयर कारोबार भएको छ। जसमध्ये १५८ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ। बाँकी १३ कम्पनीको मूल्य सो सेसनमा स्थिर रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्