काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्न कुल ६.५० प्रतिशत लाभांश घोषणा गरेको हो।
फाइनान्सले हाल कायम चुक्ता पूँजी एक अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँको ६.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
मंसिर २२ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।
प्रतिक्रिया दिनुहोस्