Shikhar Insurance
National Life

अर्थतन्त्र सुधारको अनुभुति भएपनि जनतामा आशाको सञ्चार हुन सकेनः प्रधानमन्त्री दाहाल

सिंहदरबार संवाददाता
२०८० मंसिर २१, बिहीबार १६:४१
Hyundai
NCELL
NIMB

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारको अनुभुति भएपनि जनतामा आशाको सञ्चार हुन नसकेको बताए ।

बिहीवार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रका तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार भएको देखिएपनि जनतामा आशाको सञ्चार नदेखिएको बताएका छन् । उनले सबैमा अर्थतन्त्र सुधारको आशा जगाउनको लागि सरकारले अझै मेहनत गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले केही नयाँ घोषणा गर्ने तयारीमा रहेको उल्लेख गरे । उनले शासकीय सुधार गरी अर्थतन्त्रमा समेत सुधार ल्याउनु अहिलेको अवश्यकता रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले अहिले समाजमा हरेक कुरामा नकारात्मकता बनाउने प्रयास भइरहेको भन्दै यसबाट देशले कहिल्यै प्रगति गर्न नसक्ने बताए । उनले अर्थतन्त्र सुधार हुने आशा जगाउनु चुनौतिपूर्ण भएको बताए । उनले नकारात्मक भन्दा पनि मुलुकको अर्थतन्त्रका सकारात्मक सम्भावनातिर हेरेर आशा जगाउनसके नेपालमा प्रचुर सम्भावना रहेको बताए ।

उनले भने, ‘अर्थतन्त्रको क्षेत्रमा विद्यमान आजको दबाबलाई चिर्न र देशभित्र लगानीमैत्री वातावरणसहित अर्थतन्त्रमा आशाको रक्तसञ्चार गर्न निरन्तर प्रयास गरिरहेको छु । अर्थतन्त्र सुधारको लागि केही दिन पहिला मात्रै सरकार, निजी क्षेत्र र अर्थतन्त्रका जानकारहरुसँग वृहत अन्तरक्रिया गरे । त्यसपछि महत्वपूर्ण घोषणाहरु भएका छन् । यसले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भुमिका खेल्नेछ । तथ्याङ्कहरुमा हेर्दा अर्थतन्त्र सुधार हुँदै गएको देखिन्छ । तर व्यवहार र आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति हामी सबैको अगाडि विद्यमान छ । अर्थतन्त्रमा केन्द्रित रहेर वृहत बैठक र केही नयाँ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिन चाहन्छु । यसमा पनि सबैको साथ सहयोग रहने छ भन्ने विश्वास लिएको छु । बुधवार मात्रै शासकिय सुधारमा केन्द्रित रहेर नेपाल सरकारका बहाल वाल र भुतपूर्व राष्ट्रसेवक कर्मचारीहरुको वृहत गोष्ठीको आयोजना गरियो । त्यसबाट समेत केही सुझावहरु समेत प्राप्त भएका छन् । शासकीय सुधार गर्न सकियो भने त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिनेछ भन्ने हामीले विश्वास लिएका छौं । व्यवसाय र राजनीतिको क्षेत्रमा जिम्मेवार बोधको अनुभुति गराउनु आजको आवश्यकता बन्न गएको छ । अहिले समाजमा हरेक कुरामा नकारात्मकता बनाउने प्रयास एक थरी मान्छेहरुले गरेका छन् । यसबाट देशले कहिल्यै पनि प्रगति गर्न सक्दैन । त्यो ओरालो यात्रा मात्रै हुनेछ । आशा जगाउनु अहिलेको चुनौतिपूर्ण अवस्था रहेको ठानेको छु । आशा बिना कुनै पनि राष्ट्रले विकास गर्न सक्दैन । हामीसँग भएका सकारात्मक सम्भावनातिर हेरेर आशा जगाउनेतिर हामी सबै लाग्यौं भने नेपालमा प्रचुर सम्भावना छ । जहाँबाट नेपालले विकासको यात्रा तिब्र गतिमा अगाडि बढाउन सक्छौं ।’

उनले बुधवार मात्र शासकीय सुधारका विषयमा वृहत छलफल गरेको भन्दै यो क्षेत्रमा केही नयाँ गर्नसके त्यसको प्रभावले अर्थतन्त्रमा पनि सुधार हुने अपेक्षा सरकारको रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले सरकारले अर्थतन्त्र सुधारको लागि आवश्यक कानूनी तथा नीतिगत आधार तयार गर्न प्रतिवद्ध रहेको बताए । उनले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रमहरु अगाडि सारिरहेको बताएका छन् । उनले मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र नभएर सरकार र राज्यका सबै निकायहरु जिम्मेवार बन्न आवश्यक रहेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्