Skip to content
Shikhar Insurance
National Life

बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु

Hyundai
NCELL
NIMB

बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ ।

गाउँ नजिकै रहेको देउपानी मेलामा घाँस काट्न गएका बेला भीरबाट ढुङ्गा खसेर टाउकोमा लागेपछि मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष जङ्गवीर रोकायाले जानकारी दिए ।

घाँस काट्दै गरेका बेला एक्कासि भिरबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेपछि विष्ट घाइते भएकी विष्टको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्