Shikhar Insurance
National Life

हिमालयन रि इन्स्योरेन्सको आईपीओ मंसिर २७ देखि सर्वसाधारणका लागि बिक्री खुल्ला

सिंहदरबार संवाददाता
२०८० मंसिर २१, बिहीबार ११:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले (मंसिर २७ गतेदेखि) आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आवेदन खुला गरेपश्चात दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न लागेको हो।

पहिलो चरणमा नै कम्पनीको प्रीमियम आइपीओले इतिहास रचेको छ । कम्पनीको आइपीओले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आवेदन खुलाएकोमा सर्वाधिक आवेदनको रेकर्ड हासिल गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसीर ४ गते देखि आइपीओको बिक्री खुला गरेको थियो, जसमा ३४ हजार २११ जनाले आवेदन दिएका छन्। वैदेशिक रोजगगारीमा रहेका नेपालीहरुका लागि खुलाईएको आइपीओमा यो नै सर्वाधिक आवेदनको रेकर्ड हो ।

कम्पनीले १० अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी भएको छ। कम्पनीले प्रतिसेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको सेयर निष्कासन गर्ने लागेको हो।

कम्पनीको उक्त आईपीओमध्यमा २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्कासन गरिसकेको छ।

सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको दुई करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीको सो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा सर्वसाधारणले छिटोमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन । सो समय भित्रमा जारी सेयर बिक्री नभएमा ढिलामा पुस ११ गतेसम्म आवेदन गर्न सकिने छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्