Shikhar Insurance
National Life

मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीलाई सम्मान

सिंहदरबार संवाददाता
२०८० मंसिर २०, बुधबार १७:३१
Hyundai
NCELL
NIMB

जनकपुरधाम । यही मङ्सिर १५ गते पोखरा रङ्गशालामा सम्पन्न केपी ओली कप टी–२० प्रतियोगिताको उपाधि जितेको मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीहरूलाई सम्मान गरिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज जनकपुरधामस्थित मधेस भवनमा रहेको आफ्नै निवासमा बोलाएर खेलाडीहरूलाई सम्मान गरेका हुन् । त्यस अवसरमा मुख्यमन्त्री यादवले नियमित प्रशिक्षण र उपयुक्त पूर्वाधारसहितको खेलमैत्री वातावरणको अभावमा पनि व्यावसायिक टोलीलाई हराएर उपाधि उचालेको भन्दै खेलाडीहरूको प्रशंसा गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले विजेता टोलीलाई प्रोत्साहनस्वरुप रु पाँच लाख नगद दिने घोषणा गरिसकेको र अरू समस्या समाधानका लागि चाँडै खेलाडीहरूसँग बसेर आवश्यक निर्णय गर्ने समेत बताए । “प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ, अब प्रदेशसभामा दर्ता गरिएको प्रदेश खेलकुद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएमा आफ्नै जिल्लामा खेल पूर्वाधार, आवश्यक प्रशिक्षक र खेलाडीहरूको जीविकोपार्जनका लागि ठोस काम अगाडि बढाउने छौँ”, मुख्यमन्त्री यादवले भने, “त्यसका साथै मधेस प्रदेशलाई खेलकुदको ‘हब’ बनाउन श्रीराम जानकी बहुउद्देश्यीय रङ्गशालाको निर्माणका लागि पहल भइरहेको पनि यहाँहरू सबैलाई जानकारी नै छ, प्रदेश सरकार खेल क्षेत्रको प्रवद्र्धन र खेलाडीको हौसला बढाउनका लागि प्राथमिकताका साथ काम गरिरहेको छ ।”

त्यसैगरी खेलाडीहरूले आफूहरूले भोगिरहेका समस्या तथा प्रदेश सरकारले तत्काल गर्नुपर्ने कामका विषयमा मुख्यमन्त्री यादवको ध्यानाकर्षण गराएका थिए । टोलीका प्रशिक्षक सुनिलकुमार साहले मधेस प्रदेशको पहिचानलाई उचो बनाउन क्रिकेट क्षेत्रले महत्वपूर्ण योगदान गर्नसक्ने भए पनि उचित अवसरको अभावमा प्रतिभावान् खेलाडी पलायनको अवस्थाबाट रोक्न जरुरी रहेको बताए ।

आर्थिक अभाव, न्यूनतम सुविधासहितका खेलमैदान र पर्याप्त प्रशिक्षक नहुँदा खेलाडी पलायन भइरहेकाले त्यसलाई रोक्न प्रदेश सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ थियो । “केही समयमै हाम्रो टोलीका पाँच प्रतिभावान खेलाडी पलायन भइसकेका छन्, हाल बाँकी खेलाडीहरूमध्ये ८० प्रतिशत जति भारतमा आफैँ लगानी गरेर बसिरहेका छन्, उनीहरू पनि कुन दिन छाडेर जान्छन् भन्न सकिने अवस्था छैन, त्यसैकारण सरकारले गम्भीर भएर सोच्न जरुरी छ”, साहले भने ।

कप्तान हरिशङ्कर साहले पनि आफ्नो टोली छाडेर गएका खेलाडीहरू रहेको व्यावसायिक आर्मी क्लबसँग प्रतिस्पर्धा गरेर उपाधी उचाल्नु चुनौतिपूर्ण भए पनि बाँकी क्षमतावान खेलाडीको सहारामा प्रतियोगिता जित्नु सिङ्गो मधेश प्रदेशकै गौरवको विषय भएको बताए ।

साहले सामान्य जीविको चलाउन पनि परिवारमै निर्भर हुनुपर्ने, मापदण्ड अनुसारको खेलमैदानको अभाव, अनुभवी प्रशिक्षक नहुनेजस्ता समस्या समाधानका लागि मुख्यमन्त्रीलाई आग्रह गरे ।

पोखरा रङ्गशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेस प्रदेशले रु पाँच लाखसहित ट्रफी उचालेको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्