Skip to content
Shikhar Insurance
National Life

७ दिनपछि सामान्य अंकले बढ्याे सेयर बजार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार सामान्य अंक बढेर बन्द भएको छ । पछिल्लो ७ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजार आज भने सामान्य अंक बढेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेञ्न (नेप्से) परिसूचक बुधबार ३.३३ अंक बढेर १८४१.०४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ०.२० अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक घटेको छ।

नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन डेढ अर्बको सेयर कारोबार भएको बजारमा यस दिन २९३ कम्पनीको ३४ हजार ९७१ पटकको कारोबारमा १ अर्ब १४ करोड १८ लाख रुपैयाँ बराबरको ३७ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन ग्लोबल आइएमई लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको सेयर मूल्य यस दिन ७८ रुपैयाँ बढेर ८५८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन विजय लघुवित्तको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने मन्दाकिनी हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर र गणपति लघुवित्तको सेयर मूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य यस दिन सर्वाधिक ९.१३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।इन्स्योरेन्सको ७ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सन नेपाल लाइफ इन्स्योरेन्सको यस दिन ३ करोड ३० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.७० प्रतिशत घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्