Skip to content
Shikhar Insurance
National Life

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट, कसरी हेर्न सकिन्छ रिजल्ट?

Hyundai
NCELL
NIMB

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा उक्त आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ४८ हजार कित्ता सेयर निष्कासन गरेको थियो। सो सेयरमा कुल १३ लाख ४० हजार १९९ आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। बिक्री प्रबन्धकका अनुसार कुल आवेदनमध्ये १२ लाख ७४ हजार ५६७ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, मुक्तिनाथ कृषि कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्