काठमाडौं । नेपाल राष्ट्र बैंकमा पाँच जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको छ । राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले दिएको जानकारी अनुसार मंसिर २४ गतेदेखि लागु हुने गरि पाँच जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरिएको हो ।
राष्ट्र बैंकमा आकर्षक विभागका रुपमा हेरिने बैंक तथा वित्तिय संस्था नियमन विभागको जिम्मेवारीमा गुरु प्रसाद पौडेल आएका छन् । नियमन विभागमा रहेका डा. गुणाकर भट्ट भने यस अघि गुरुले सम्हाल्दै आएको भुक्तानी प्रणाली विभाग पुगेका छन् ।
मुकुन्द कुमार क्षेत्रीलाई वित्तिय व्यवस्थापन विभागबाट मानव संसाधन विभागको जिम्मेवारी दिईएको छ भने मानव संसाधन विभागका तुल्सी प्रसाद घिमिरेले विदेशी विनिमय विभागको जिम्मेवारी पाएका छन् । विदेशी विनिमय व्यवस्थापन विभागका रामु पौडेललाई वित्तिय व्यवस्थापन विभागको जिम्मेवारी दिईएको छ ।
प्रतिक्रिया दिनुहोस्