Skip to content
Shikhar Insurance
National Life

सुनको मूल्य दैनिक नयाँ रेकर्ड बनाउदै, कतिमा हुँदैछ कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दिनदिनै नयाँ रेकर्ड कायम गरेको छ । आइतबार मात्रै एतिहासीक रेकर्ड कायम गरेको सुनको मूल्य उक्त रेकर्डलाई पुनः ब्रेक गर्दै नयाँ रेकर्ड कायम गरेको हो ।

आइतबार प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले सोमबार त्यो रेकर्डलाई तोडेको छ। सोमबार छापावाला सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

मंसिर लागेयता नै सुनको मूल्य बढ्दै गएको छ। त्यस्तै, सोमबार तेजाबी सुन पनि प्रतितोला १ लाख २१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

सोमबार चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्